यो अग्रगमन र पश्चगमनबीचको लडाइँ हो : कृष्णबहादुर महरा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले अहिले अग्रगमन र पश्चगमनबीच लडाइँ भइरहेको बताएका छन् ।
आइबार माओवादी घटकहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले परिवर्तनहरूलाई उल्टाएर मुलुलाई पश्चगमनमा धकेल्नेहरूविरुद्ध आफूहरूको संघर्ष भइरहेको बताए ।
प्रचण्डविरुद्धको मुद्दा त्यसको एउटा पक्ष मात्रै भएको उल्लेख गर्दै महराले यो विषय त्यतिमै मात्र सीमित नरहेको बताए । उनले यो परिवर्तन उल्टाउन खोज्ने र त्यसलाई जोगाउन खोज्नेबीचको लडाइँ भएको बताए ।
प्रतिक्रिया दिनुहोस्: