Bagmati Samachar Logo

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकलाल श्रेष्ठ निर्वाचित

हेटौंडा । मकवानपुर १ (२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् ।

उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाए ।