मतदानलगत्तै प्रचण्डले किन गरे प्रधानमन्त्री पदकै कारण गठबन्धन नटुट्ने दाबी रु
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका कारण गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा मतदान गरेपछि उक्त कुरा बताएका हुन् ।
प्रचण्डले मतदानलगत्तै प्रधानमन्त्रीको सन्दर्भ उठाएका थिए । जसलाई राजनिति वृतमा अर्थपूर्ण रूपमा हेरिएको छ । प्रधानमन्त्री को हुने भन्नेले गठबन्धनको भविष्य निर्धारण गर्नेछ ।
प्रचण्ड गठबन्धनबाट पहिलो खेपको प्रधानमन्त्री हुन चाहिरहेका छन् । त्यसमा कांग्रेसको साथ खोजिरहेका छन् । कांग्रेसबाट साथ नपाए एमालेसँग गठबन्धन गर्न सक्छन् भन्ने विश्लेषण भइरहेका बेला प्रचण्डले प्रधानमन्त्री पदकै कारण गठबन्धन नटुट्ने बताएपछि दाबी छोडिएको अर्थमा पनि विश्लेषण भइरहेको छ ।
यद्यपि, प्रचण्डले घुमाउरो रूपमा दाबी गरेको विश्लेषण पनि भइरहेको छ । प्रचण्ड यो पटक जसरी पनि प्रधानमन्त्री हुने तयारीमा रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्: