Bagmati Samachar Logo

चितवन छोडेको हैन, गोरखा गएको मात्रै हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोट हाल्न शनिबार नै चितवन पुगेका थिए ।

चितवन ३ को भरतपुर महानगरपालिका १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।

प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
मतदान गरेपछि पत्रकारहरूसँग बोल्दै प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए ।
उनले गोरखाबाट चुनाव लडे पनि आफूले चितवन नछोडेको बताए । ‘चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो’, उनले भने ।

मतदान गरेर प्रचण्ड आफू चुनाव लडेको गोरखा २ गएका थिए ।