जनता माविलाई क्याम्पस बनाउन पहल गर्छौ : छिन्तु
हेटौंडा । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले फापरबारीमा रहेको जनता माविलाई क्याम्पस बनाउन प्रदेश सरकारबाट पहल गरिने बताए।
बिहिवार बागमती गाउँपालिकाको फापरबारीमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै उनले अघिल्लो कार्यकालमा यस विद्यालयलाई प्राविधिक शिक्षामा विकास गरेको बताउँदै अबको कार्यकालमा बामगती र आसपास जिल्लाबाट आउने विद्यार्थीलाई उच्च शिक्षा हासिल गराउन सक्ने गरी क्याम्पस सञ्चालनमा पहल गर्ने बचन दिए ।
बागमतीका धेरै युवाहरु खेल क्षेत्रप्रति आर्कषित भएको बताउँदै उम्मेदवार छिन्तुले गाउँपालिका स्तरीय खेलकुद ग्राम निमार्ण गरिने प्रतिबद्धता समेत जनाए। त्यसका लागि प्रदेश सरकारले आवश्यक सहयोग गरिने उनले बताए । छिन्तुले राष्ट्रिय –अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा बागमतीका युवाहरु सहभागी हुनेगरी खेलकुद क्षेत्रको विकास गरिने पनि बताए ।
उम्मेदवार छिन्तुले अधुरो रहेको बागमती गाउँपालिका वडा नम्बर ६ र ८ ९ शान्तिपुर र फापरबारी ० जोड्ने पक्की पुल अबको प्रदेश सरकारले सम्पन्न गराएरै छाड्ने बताए । उनले आफुले यसअघि गरेका कार्यहरु धेरै अधुरो बसेकाले त्यसलाई पूर्णता दिन पनि फेरी उम्मेदवार बनेको बताए । छिन्तुले अघिल्लो पटकको निर्वाचनमा जस्तै यसपटक पनि जनताले भोट दिएर जिताउने आशा लिएको बताए । साथै उहाँले नापी भएका जग्गाको लालपुर्जा वितरण प्रक्रियालाई अगाढी बढाईने र बाँकी भएका जग्गाको नापी गराइने समेत बताए ।
कार्यक्रममा नेकपा एमाले गाउँ कमिटि सदस्य सञ्जय राई माओवादीमा प्रवेश गरे् । उनलाई प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले स्वागत गरेका थिए। नेकपा माओवादी बागमती गाउँपालिका अध्यक्ष अरुण बलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने र प्रमिला पुलामी, माओवादीका समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन , नेकपा माओवादी बागमती प्रदेश सदस्य जिवन गोले र क्षेत्र नम्बर १ गठबन्धनका प्रचारप्रसार संयोजक दामोदर खनाल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: