प्रचण्डले सम्बोधन गर्न लागेको गठबन्धनको चुनावी सभास्थलनजिकै विस्फोट
काठमाडौं । भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभानजिकै विस्फोट भएको छ । आज गठबन्धनले भोजपुरको पौवादुङमा गाउँपालिका २ मा चुनावी आमसभा आयोजना गरेका् थियो ।
उक्त विस्फोटमा परी एक जना घाइते भएका छन् । भोजपुर चरंविका सुमन श्रेष्ठ विस्फोटमा परी घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
उक्त चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम थियो । सभालाई सम्बोधन गर्न प्रचण्ड पुग्नुभन्दा केही समयअगाडि नै विस्फोट भएको हो ।
भोजपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) शरद थापाले शंकास्पद वस्तु विस्फोट भएको जानकारी दिए । उनका अनुसार विस्फोट भएको ठाउँनजिकै मोबाइलको बेट्री र तारहरू फेल परेको छ ।
प्रतिक्रिया दिनुहोस्: