Bagmati Samachar Logo

को हुन् प्रचण्डलाई चितवन छोड्न बाध्य पार्ने माडि होमस्टेका पाहुना ?

काठमाडौं । असोज १० गते घटस्थापनाको दिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट नै चुनाव लड्ने पुरानै कुरा दोहराए । जुन कुरा उनले धेरै पहिला देखि नै भन्दै आएका थिए ।

घटस्थापनाको दिन भरतपुर १४ स्थित शिवनगरमा बनेको घरमा प्रचण्ड सरेका थिए ।
बिरामी श्रीमती सीतालाई लिएर शनिबार घर सर्न पुगेका थिए । शिवनगरको नयाँ घरमा सरेका थिए ।

१० गते असोजसम्म चितवन ३ बाट चुनाव लड्ने घोषणा गरेका प्रचण्डले १० दिनमा नै के देखेर चितव छोडेर गोरखा हानिए ? अन्तिम समयमा किन झस्के अघिल्लो चुनाव जितेर जितवन नै अबको राजनीति क्षेत्र बनाउछु भनेका प्रचण्ड ?

चितवनको माडिक्षेत्रमा लगभग १० वटा जति होमस्टे छन् । पर्यटकहरुकोलागि राम्रो गन्तव्य मानिने चितवनको माडि क्षेत्रमा रहेका होमस्टेहरु भदौदेखि असोजको २४–२५ सम्म बुकिङ भएका चितवनको माओवादी स्रोत बताउछ । उक्त होमस्टेहरु करिब करिब दुई महिनासम्म बुक भएका थिए । मानिसहरु कहाँबाट आए के उद्देश्यका लागि आए होमस्टे संचालकहरुलाई खासै वास्ता हुने कुरा भएन । तर चुनावको छेउछाउमा नै चितवनको माडि क्षेत्रमा होमस्टे दुई महिनासम्मका लागि रिर्जब हुनु आफैमा आश्चर्यको कुरा रहेको स्रोत बताउछ ।

यो विषयमा चितवन माओवादी केन्दको नेतृत्व खासै बोल्न चाहदैन । उनीहरु अध्यक्षले चितवन छोडिसकेपछि त्यो विषयमा खासै चर्चा गर्न चाहदैनन् । उनीहरुलाई चुनावको समयमा चर्चा गर्नु भन्दा मुख नखोल्नु नै उत्तम ठान्छन् । बोलौ चुनावको मुखैमा गठबन्धन नै रुष्ट हुने डर । त्यसैमा चितवन ३ प्रचण्डले छोडेको क्षेत्र बढि संवेदनशिल मानिन्छ ।

०७९ साल २१ असोजमा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्ड गोरखाबाट चुनाव लड्ने निर्णय ग¥यो । माओवादीले निर्णय गरेको दुई दिन पछि प्रचण्ड गोरखा २ मा बाबुरामसंगै लिएर उम्मेदवारी दर्ता गराए ।

प्रचण्डले ०६४ सालदेखि अहिलेसम्म निर्वाचन क्षेत्र दोहराएर चुनाव लडेका छैनन् । ०६४ सालको पहिलो संविधान सभाको चुनाव रोल्पाबाट उम्मेदवार भए र विजयी भए । ०७० सालको दोस्रो संविधान सभाको चुनाव सिरहा ५ र काठमाडौं १० बाट उम्मेदवार भए । सिराहाबाट विजय भएन भने काठमाडौं १० बाट पराजय । रोल्पा, काठमाडौं र सिराह हुदै ०७४ को चुनावमा चितवन ३ बाट उम्मेदवार बने । विजयी भए । रोल्पा र सिरहाबाट विजयी भएका प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

प्रचण्डको गृहजिल्ला चितवन हो । तर अन्ति समयमा आएर चितवन छोडेर जयनुद्धको खाका कोरेको जिल्ला गोरखाबाट चुनाव लड्दै छन् । उनको साथ दिदै छन् माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनयुद्धसंगै लडेका र माओवादी छोडेर भिन्न पार्टी बनाएका बाबुराम भट्टराई ।
प्रचण्ड चुनाव लडेको गोरखा २ नं.क्षेत्रमा ०६४ सालदेखि भट्टराईले चुनाव जित्दै आएका छन् । यो पटक प्रचण्डलाई आफूले जित्दै आएको क्षेत्र छोडेर भट्टराई प्रचण्डको सारथि बनेका छन् ।

तर गृहजिल्ला छोडेर प्रचण्ड किन गोरखा हानिए चुनाव लड्न यो कुरा सबैको लागि चासोको विषय बनेको छ । अझ पाँच दलको गठबन्धन छ । चितवन माओवादी भन्दा कांग्रेस र एमालेको राम्रो जनमत भएको जिल्ला मानिन्छ । राम्रो जनमत भएको कांग्रेससंग गठबन्धन हुदा पनि छोडेर जानु पर्ने अवस्था किन आयो त ? प्रश्नै प्रश्न छन् ।
आँखिर किन छोडे त प्रचण्डले चितवन ? किन रोजे गोरखा ? चितवनमा भदौदेखि विशेष गरेर उनको निर्वाचन क्षेत्र माडिमा शंकास्पक गतिविधि हुन थालेको सुइको प्रचण्डले पाएको हुनसक्ने एक चितवनका स्थानीय नेता बताछन् । उनले भने,‘माडिका होमस्टेमा लगभग दुई महिना जस्ता खालका गतिविधि भए ती स्वभाविक खालका थिएनन् । ती होमस्टेमा बसेका पाहुनाको गतिविधि नै अस्वाविक थिए । र व्यक्तिहरुपनि शंकास्पद नै थिए । अर्को कुरा प्रचण्ड उम्मेदवार हुने क्षेत्रमा सबैको चासो बढी थियो । गठबन्धनमा पनि एकरुपता आउन सकेको थिएन । अन्य शक्तिहरुका पनि अस्वभाविक चासो बढ्न थालेपछि अन्त छोड्नु भयो जस्तो लाग्छ ।’

गठबन्धनदलमा प्रमुख घटक नेपाली कांग्रेसमा सबै भन्दा बढी विवाद चितवनमा नै रहेको छ गठबन्धनलाई लिएर । स्थानीय तहको समयमा माओवादीले मेयर जितेपनि चुनावी गठबन्धन गर्दादेखि नै कांग्रेसमा विवादमात्र भएन विग्रह नै भयो । जुन विग्रह संघ र प्रदेश सभाको चुनावसम्म जारी रह्यो । जसका कारण प्रचण्डले चुनाव क्षेत्र नै छोडेर गोरखा जानु परेको बुझाई माओवादीको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेको माडी नगरपालिकामा माओवादीको हारले पनि प्रचण्डालाई सोच्न बाध्य बनाएको थियो । माओवादीको जनमत राम्रो भएको र अघिल्लो स्थानीय चुनावमा मेयर जितेको थियो । तर यो पटकको स्थानीय तहमा माओवादीले माडीमा हार्यो । जसका कारण प्रचण्ड रक्षात्मक हुने अवस्था आयो ।
३ नं. क्षेत्रमा धेरै भाग भरतपुर महानगरपालिकाको र माडी नगरपालिका पनि पर्छ । जनमत भएको माडी नगरपालिका माओवादीले हार्दा संघीय र प्रदेशको चुनावमा असर पर्ने आकलन माओवादीमा भएको बुझिन्छ ।

यो क्षेत्रमा कांग्रेसको जनमतमा विभाजन आयो । यहि क्षेत्रबाट कांग्रेसबाट कांग्रेसका दिनेश कोइराला , स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लडेर हारेका जगनाथ पौडेल बागी उम्मेदवार बने ।

उम्मेदवारी दर्ता भन्दा पहिला रवि लामिछानेपनि ३ बाट नै चुनाव लड्ने हल्ला थियो । यो क्षेत्र राप्रपाको पनि बलियो जनमत भएको क्षेत्र मानिन्छ । यदि गठबन्धनका उम्मेदवार प्रचण्डका विरुद्ध अरु दलहरु र स्वतन्त्र मिलेमा अप्ठेरो पर्ने आकलन प्रचण्डले नगर्ने कुरै भएन । हुन पनि एमालेले कांग्रेसका बागी कोइरालालाई सघाउने भन्दै उम्मेदवारी नै फिर्ता लियो । प्रचण्ड उम्मेदवार बनेका भए अझ राप्रपा, एमालले र स्वतन्त्रमध्य एक जनामात्र उम्मेदवार बन्ने संभावना पनि नकार्न नसकिने स्थानीय माओवादी बताउछन् ।

चितवनमा नै उम्मेदवार बनेका भएपनि प्रचण्डले जित्थे होलान तर मेहन धेरै गुर्नु पर्ने अवस्था हुन्थ्यो । गोरखा २ बाट उम्मेदवार बन्दा जितको सुनिश्चिता सोचेका छन् भने गठबन्धनका शिर्ष नेता भएकाले देशभरी चुनावमा खट्न पनि सहज भएको छ ।

प्रचण्ड गोरखा जादा जति खुशि त्यहाँ कांग्रेसी भएका छन् त्यति दुखि माओवादी भएका छन् ।
स्रोतका अनुसार कांग्रेसको एक टिम पर्दापछाडि बाट चितवनमा भदौदेखि नै प्रचण्डलाई जसरी पनि हराउनु पर्छ भनेर सक्रिय रहेको सूचना पनि प्रचण्डले पाएको बताइन्छ । चितवनमा सक्रिय रहेको कांग्रेसी समुह अहिले गोरखामा हराउन नसकेपनि कम भोट ल्याउन सक्रिय भएको बताइन्छ । तर प्रचण्ड आफूभने गोरखाबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।