Bagmati Samachar Logo

एमालेले काठमाडौंका उम्मेदवार टुगो लगायो, अष्टलक्ष्मी र सर्वेन्द्र खनाल पनि मैदानमा

काठमाडौं । नेकपा एमालेले काठमाडौंका १० मध्ये ८ वटा प्रतिनिधिसभा र १६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । शाक्यले चुनाव नलड्ने घोषणा गरेकि थिइन् । केहि दिन पहिला एमाले पवेश गरेका पूर्व आइजीपी सर्वेन्द्र खनाललाई पनि चुनावमा उम्मेदवार बनाएको छ ।

क्षेत्र नं.१बाट किरण पौडेल, प्रदेश सभामा आत्माराम शर्मा र गणेश दुलाल, क्षेत्र नं. २ बाट मणीराम फुयाल, प्रदेश सभामा सानु श्रेष्ठ र सुवर्ण श्रेष्ठ, क्षेत्र नं.३बाट कृष्ण राई ,प्रदेश सभामा रामेश्वर फुयाल र चन्द्रमान लामा , क्षेत्र नं. ४ मा राजन भट्टराई , प्रदेश सभामा तेज ढकाल र जैराम थापा , क्षेत्र नं. ५ मा इश्वर पोखरेल, प्रदेश सभामा दिपक निरौला र नारायण सिलवाल, क्षेत्र नं. ६ मा सवेन्द्र खनाल, प्रदेश सभामा निरज महर्जन र अनिस मास्के, क्षेत्र नं. ७ मा टुङगीन बाँकि ,प्रदेश सभामा जीवन मान्धनर र श्यम घिमिरे , क्षेत्र नं. ८मा अष्टलक्ष्मी शाक्य, प्रदेश सभामा राजेश शाक्य, नाम्गेल लामा, क्षेत्र नंं ९ मा कृष्णगोपाल श्रेष्ठ , प्रदेश सभामा हरिकृष्ण ढंगोल र केशव पोखरेल, क्षेत्र नं. १० मा टुङगीन बाँकिी रहेको छ ।