राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवा पार्टीका पदाधिकारीहरूलाई साथमा लिएर शीतल निवास पुगेका हुन् ।
नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेपछि पार्टीका पदाधिकारीसहित देउवा सोमबार शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा राष्ट्रपतिसँगको भेटका लागि केहीबेर अघि शीतल निवास पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: