Bagmati Samachar Logo

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौंं । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

उनीहरुले आइतबार मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिएका हुन् । माओवादीले मन्त्री विष्ट र सिंहको ठाउँमा दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ ।