पहिला संघर्षका लागि प्रतिस्पर्धा हुन्थ्यो, अहिले पदका लागि हुन्छः प्रचण्ड
काठमाढौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षको समयमा त्यागको लागि प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै अहिले भने पदका लागि प्रतिस्पर्धा हुन थालेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुन्थ्यो । तर अहिले मागेको पद किन नपाउने भनेर प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति, पार्टीको लागि प्रतिस्पर्धा कम हुने गरेको छ ।’


सम्बोधनको क्रममा प्रचण्डले वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । देशको राजनीतिलाई सही ठाउँमा ल्याउन युवाको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

क्रान्ति नदोहोरिने भएकाले नयाँ रूपमा संघर्ष गर्नुपर्ने समय आएको प्रचण्डको भनाइ छ । समाजमा रहेको शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको र त्यसको लागि युवाहरू लाग्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्: