जापानिज प्रविधि सिक्न चाहान्छौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापानबाट प्रविधि सिक्न चाहेको बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार जापानको सरकारी कृषि बिजनेस सपोर्ट डिभिजनको कुरोउसु अर्किड लिमिटेडको अवलोकन गर्दै नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानिज प्रविधिको अनुसरण गर्न चाहेको बताएका हुन् ।
उनले कृषिको आधुनिकीकरण, व्यवसायिकरण, कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् ।
‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो । हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यसका लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं ।’
उनले जापानको प्रविधि आफुहरुले सिक्न चाहेको पनि बताए । ‘यहाँ महामहिम राजदूत र नेपाली प्रतिनिधिका अगुवा पनि हुनुहुन्छ । तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्याउन पहल गरौं’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डलाई नेपालका लागि जापानी पूर्वराजदूत तथा जापानिज एग्रिकल्चर सोसाइटीका भ्वाइस प्रेसिडेन्ट मासामिची साइगोर साइटा प्रिफेक्च्युअलका प्रतिनिधिहरुले स्वागत गरेका थिए । त्यस्तै जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: