सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि कार्यदल बनायाे
काठमाडौं । पाँच दलिय सत्तागठबन्धनबिच ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनकाे बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो ।
बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो ।’
प्रतिक्रिया दिनुहोस्: