मंसिर ४ गते चुनाव गर्ने सत्ता गठबन्धनमा सहमति
काठमाडौं । सत्ता गठबन्धनबीच मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सहमति भएको छ । बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको बताईको छ।
ती नेताका अनुसार सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ । जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको ती नेताको भनाइ छ।
बुधबारको बालुवाटार बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ । तर, सरकारले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्: