Bagmati Samachar Logo

संसदीय समितिलाई कल डिटेल हेर्न दिइएन : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओलीले संसदीय समितिलाई कल डिटेल हेर्न नदिएको आरोप लगाए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको जिकिर गरे ।

अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले समितिलाई कल डिटेल हेर्न नदिएको आरोप लगाए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायब गरिएको दावी समेत गरे ।

अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकलको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइदैन, लजा । अब ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो’ उनले भने ।