क्रान्तिकारीको विद्यार्थी अभियानले माओवादीमा ५ लाख मतदाता थपिन्छन् : अध्यक्ष पञ्चा सिंह
काठमाडौं । अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले ३ महिने विधार्थी संग अखिल (क्रान्तिकारी ) अभियानपछि माओवादीमा ५ लाख नयाँ मतदाता थपिने बताइन् । क्रान्तिकारीले अहिले देशभरी ३ महिने अभियान संचालन गरेको छ ।
क्रान्तिकारी विश्वविद्यालय कमाण्डले आज चितवनमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सिंहले यस्तो दाबी गरेकी हुन् ।
यस्तै, सिंहले आउँदो संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो कम्युनिष्ट पार्टी बनाउने गरी लाग्न समेत अखिल क्रान्तिकारीका नेताहरुलाई निर्देशन दिइन् ।
क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष मदन भट्टराईले प्रशिक्षण दिएका थिए । कार्यक्रममा, कृषि तथा वन, मध्यपश्चिम र संस्कृत विश्वविद्यालयसहित सीटीइभिटीका नेता कार्यकर्ताको सहभागिता रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्: