Bagmati Samachar Logo

प्रचण्डलाई घनश्याम भुसालले भने एमाले समेत अटाउने मोर्चा बनाउनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट हुदा नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले समेत अटाउने मोर्चा बनाउन आग्रह गरेका छन् ।

एमालमा भुसाल सहितका दोस्रो पुस्ताका नेताहरु र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउने प्रयास भइरहेको छ । त्यसबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग छलफल गर्न एमाले नेता भुसाल माओवादी संसदीय दलको कार्याल सिंहदरबारमा पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दलको कार्यालयमै भएकाले दुई नेताबीच भेट भयो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । एमाले नेता भुसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र ? भनेर प्रश्न गरेका थिए ।