माओवादीमा नारायणकाजी र महरा दुवै उपाध्यक्ष
काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा दुई जना चयन हुने भएका छन् । अध्यक्ष प्रचण्डले आफूपछिको बरियतामा रहनेगरी उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णवहादुर महरालाई अघि सारेका छन् ।
शनिवारको स्थायी कमिटी बैठकमा अध्यक्षसँग दुई नेतामात्र बसेका छन् ।
महराले आफू र नारायणकाजी श्रेष्ठ दुई उपाध्यक्ष बनेको भन्दै स्थायी कमिटीले यसलाई टुंगो लगाउँने बताइएका छन् ।
माओवादीमा महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले दाबी गदै आएका छन् । चुनाव गर्ने पक्षमा प्रचण्ड छैनन् ।
प्रचण्डले गत बिहीबारको बैठकमा आफूसँग पदाधिकारीको नाम रहेको भन्दै पढ्न बाध्य नपार्न आग्रह गरेका थिए । पदाधिकारीमा प्रस्तावित कतिपय नेतामाथि नै स्थानीय चुनावमा अन्तर्घातको आरोप लागेकाले छानबिन पर्खिन उनले गरेको आग्रह टार्ने मेलोमात्र भएको नेताहरुको बुझाइ छ ।
यदि पदाधिकारी चयनमा समस्या भएमा उनले विशेष महाधिवेशनसम्म आफू एकल पदाधिकारी भएर जाने विकल्पसमेत तयार पारेका छन् । प्रचण्डले चाँडै समाजवादी क्रान्तिको आधार तय गर्न विशेष महाधिवेशन हुने बताइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्: