स्वास्थ्य मन्त्री खतिवडाद्वारा हेटौंडा अस्पताललाई “ए ग्रेड” को एम्बुलेन्स हस्तान्तरण
हेटौंडा । संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडाले हेटौंडा अस्पताललाई “ए ग्रेड” को एम्बुलेन्स हस्तान्तरण गरेका छन् । मन्त्री खतिवडाले आइतबार एक कार्यक्रम गरेर एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
एम्बुलेन्स हस्तन्तरण गर्दै खतिवडाले संघीय ढाँचा अनुरुप स्वास्थ्य क्षेत्रमा काम गरिने बताएका छन् । आगामी दिनमा पनि हेटौंडा अस्पताललाई आवश्यक सहयोग थप हुँदै जाने उनले प्रतिबद्धता जनाएका छन् । हाल खोप अभियान निरन्तर सञ्चालन भइरहेको हुँदा सबैसम्म खोप पुर्याउन आवश्यक कार्यहरु अघि बढाउन सम्बन्धीत स्वास्थ्यकर्मीहरुलाई मन्त्री खतिवडाले निर्देशन दिएका छन् ।
अझै पनि १५–२० प्रतिशत जनसंख्या खोपबाट बाहिर रहेको हुँदा विशेष केन्द्रहरुको स्थापना गरि खोप सुनिश्चिता गरिनेतर्फ छलफल चलिरहेको उनले बताए ।
हेटौंडा अस्पताललाई नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको सुविधा भएको एम्बुलेन्स अस्पतालका मेसु डा। रामचन्द्र सापकोटालाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, मुनु सिग्देल, प्रदेश स्वास्थ्य निर्देशक महेश्वरमान श्रेष्ठ, अस्पतालका मेसु डा। रामचन्द्र सापकोटा, डा. हरिबहादुर खड्का, नेकपा एकिकृत समाजवादी मकवानपुका अध्यक्ष श्रीधर पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्: