क्रान्तिकारीका निर्वतमान अध्यक्ष , उपाध्यक्ष र महासचिव माओवादीका केन्द्रीय सदस्य बन्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृसंगठन अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष लगायत ६ जना नेताहरु विदाइ भएका छन् । अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह चयन भएपछि ६ जना विद्यार्थी नेताहरुलाई माोवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनयन गर्ने बचन अध्यक्ष प्रचण्डले दिएको स्रोतले बताए ।
आइतबार बिहान विद्यार्थी नेताहरुसँगको छलफलमा प्रचण्डले विद्यार्थी नेताहरुलाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गर्ने बचन दिएको हो ।
४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा ल्याउने व्यवस्था विधानमा नै गरेको छ । विधान अनुसार नै विद्यार्थी नेताहरु अब छिटै माओवादी केन्द्रको केन्द्रीय सदस्य हुने छन् ।
केन्द्रीय सदस्य हुनेमा निवर्तनमा अध्यक्ष रञ्जीत तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी छन् ।
प्रचण्डले विद्यार्थीको सम्मेलन उद्घाटन कार्यक्रममा विधार्थी संगठनका आकांक्षी सबै नेताहरू योग्य, क्षमतावान र अनुभवी रहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्: