एमाले विधान महाधिवेशनमा ओलीको देवत्करण
काठमाडौं । नेकपा एमालेको शुक्रबारबाट विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी छ । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ ।

कार्यक्रमको अथवा विधान महाधिवेशनको प्रचार प्रचारकोा लागि भित्ते लेखन नगर्ने । पर्चा पम्पीलेट नगर्ने ,मञ्चमा बस्ने नेताहरुलाई माला खादा नलगाउने भनेको थियो । तर शुक्रबार बिहान ललितपुर पुग्दा लाग्थ्यो कुनै पंचयाती व्यवस्थामा राजामहाराजाको कार्यक्रम हो कि ? सातदोबाटोबाट एमाले कार्यकर्ता बोक्न लाइनबा बसेका गाडिहरुमा ओलीको फोटा टाँसेका थिए । ब्यानर झुण्ड्याइएका थिए ।
जति जति विधान महाधिवेशन स्थलमा पुगीन्थ्यो त्यति त्यहि ओली डमी भेटीन्थे । यसबाट बुझ्न सकिन्थ्यो कि एमालेले विधान महाधिवेशनमा विधानमाथि बहस छलफल होइन ओलीको देवत्वकरण गरीरहेको छ । कम्युनिस्टहरु विचारमा बहस गर्छन । व्यक्तिको देवत्करण गदैनन् । ओलीको देबत्वकरण यो पहिलो भने होइन । सामाजिक सुरक्षा योजना लागु गर्ने कार्यक्रमको उद्घाटनको दिनमा पनि ओलीका फोटाहर बानेश्वर देखि प्रज्ञा भवनसम्म थिए ।

विधान महाधिवेशनमा ओलीको र सूर्य चिन्हको फोटा पानीका बोतलमा पनि छन् । यो एमालेको विधान महाधिवेशनमा ओलीको देबत्वकरणको रुपमा लिएका छन् ।
काठमाडौंका मुख्य सडकका पोलहरुमा ओलीको फोटोहरु राखिएका छन्। यो ओलीको प्रचारप्रसारको भोको पना राजनीतिक विश्लेषक बताउछन् ।
कार्यक्रम भएको हलमा माक्र्स,एंगेल्स, लेनिन, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी तथा मदन भण्डारी फोटो राखिएको छैन। त्यहाँ जनताको बहुदलीय जनवाद लेखिएको ठूलो ब्यानर र सूर्य चिह्न तथा राष्ट्रिय झण्डा राखिएका छन्। जति प्रचार ओलीको गरेको छ त्यति त्यहाँ विचारको र विचारलाई स्थापित गर्ने नेताहरुको गरीएको छैन ।
प्रतिक्रिया दिनुहोस्: