Bagmati Samachar Logo

जनयुद्धमा लागेर ज्यान गुमाएकालाई सरकारले चाँडै राष्ट्रिय शहिद घोषणा गर्छः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा लागेर ज्यान गुमाएका योद्धाहरुलाई सरकारले चाँडै शहिद घोषण गर्ने बताएका छन् । गठबन्धन सरकारले माओवादी जनयुद्धमा लागेर ज्यान गुमाएकालाई चाँडै राष्ट्रिय शहिद घोषणा गर्न लागेको बताएका छन् ।

जनयुद्धका सहिद, बेपत्ता र घाइतेलाई उपचार र राहत दिने विषय सरकारले साझा न्यूनतम कार्यक्रममा व्यवस्था गरेको बताए । माओवादीनिकट शहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सहिद, बेपत्ता, घाइते तथा अपांगका सन्दर्भमा राज्यको तर्फबाट जति हुनुपर्ने त्यति हुन नसकेको स्वीकार्यका छन्। ेमाओवादी क्रान्तिले नजित्दा अहिलेको अवस्था आएको बताएका छन् ।
प्रचण्डले भने ‘आफु पहिलो पटक प्रधानमन्त्री हुदा पहिलो निर्णय नै जनयुद्धका महान शहिदलाई राष्ट्रिय शहिद घोषणा गर्ने थियो । तर त्यो निर्णय गायब पारियो । यो बारेमा अनुसन्धान गर्नु पर्ने हुन्छ । राजपत्रमा प्रकाशित न हुदा आधिकारीकता भएन । अब सरकारले जनयुद्धमा ज्यान गुमाएकालाई राष्ट्रिय शहिद घोषण गदैछ ।’