Bagmati Samachar Logo

देउवाले भने– दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिन सल्लाह हुँदैछ

काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिने विषयमा सल्लाह भइरहेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले अध्यादेश फिर्ता लिने विषयमा सल्लाह भइरहेको बताएका हुन् ।

त्यस्तै कांग्रेस सचेतक पुष्पा भूषालले अध्यादेश फिर्ताको प्रक्रियामा रहेकाले यसै साताभित्र फिर्ता हुने बताइन् । उनले गठवन्धन दलभित्र पनि यस बारेमा आन्तरिक छलफल गरिरहेको बताइन् ।
प्रधानमन्त्री देउवाले सोमबार अपरान्ह मन्त्रिपरिषद् बैठकसमेत बोलाएका छन् ।

रकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशका कारण सत्तारुढ दलभित्र किचलो भएको छ । अध्यादेश खारेज नभएसम्म जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सामेल हुने मन्त्रीको नाम पठाउन मानिरहेको छैन । जसपाको अडानका कारण भने लामो समयदेखि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।