आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ती हुन्छः मोक्तान
हेटौंडा । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले आगामी निर्वाचनमा माओवादी केन्द्र देशकै ठूलो पार्टी हुने दाबी गरेकी छिन् । हेटौंडा उपमहानगरपालिका–१३ नम्बर वडाको सम्मेलन उद्घाटन गदै उक्त कुरा बताएकी हुन ।
मोक्तालने भनिन् ‘जनताले लडेर ल्याएको संविधान र गणतन्त्र सिध्याउन खोज्नेहरुलाई आगामी निर्वाचनमा जनताले मत नदिने । राष्ट्रियताको पक्षमा लड्ने र देशको हित बपिरित काम नगरेको पार्टी माओवादी मात्र भएकाले आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ति बन्ने छ । यो अभियान सम्पन्न गर्न माओवादी आन्दोलनमा लागेकाहरु सबै एकताबद्ध हुन जरुरी छ ।’
सम्मेलनबाट अध्यक्ष बिर बहादुर लोको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा सुर्य बहादुर रुम्बा, सचिव कृष्ण कुमार डिम्डुङ, कोषाध्यक्ष बुनुमाया थिङ लगायत रहेका छन् ।
त्यस्तै सम्बुसिं बज्यु अध्यक्ष रहनेगरी ३१ सदस्यीय वाइसिएल वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्ष कमल मोक्तान, सचिव साजन स्याङ्तान लगायत रहेका छन् ।
अधिवेशेनमा बागमती प्रदेश कमिटि सदस्य ललित घलान, नेकपा माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिन, नगर इन्चार्ज बिवेक राई, नगर अध्यक्ष तिर्थ थापा मगर, वाइसिएल जिल्ला अध्यक्ष राज मोक्तान, पूर्व सचिव वलराज ठकुरी, १३ नम्बर वडा कमिटि इन्चार्ज तारा मोक्तान लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
अधिवेशनमा नेपाली काँग्रेस परित्याग गरी जय बहादुर घलानको नेतृत्वमा २५ जना माओावादीमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: