Bagmati Samachar Logo

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी संसदको चौथो ठूलो दल

काठमाडौं । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी प्रतिनिधि सभामा चौथो ठूलो दल भएको छ। निर्वाचन आयोगमा दर्ता भए पछि उक्त दल चौथो ठूलो दल बनेको छ ।

माधवकुमार नेपाल अध्यक्ष रहने गरी नेकपा (एकीकृत समाजवादी) पार्टीलाई बुधबार निर्वाचन आयोगले दल दर्ता प्रमाण पत्र दिइसकेको छ।

नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा प्रतिनिधि सभामा २९ जनाभन्दा धेरै सांसद छन्। प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।