माधव नेपालको नयाँ पार्टी बनेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले एक महिनासम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसक्दा आलोचनाको सिकार बनिरहेको छ । ३ गते साउनमा संसदबाट विश्वासको मत लिएका देउवाले मन्त्रिपरिषद् विस्तार गर्न भने सकेका छैनन् ।
पाँच दलीय गठबन्धनमा माओवादी केन्द्र बाहेक अन्य दुई दलमा आन्तरिक विवाद भएकाले सरकार विस्तार हुन नसकेको छैन । जनता समाजवादी पार्टी (जसपा)को विवाद निर्वाचन आयोगले टुंगो लगाइ दियो ।
उसले पनि सरकारमा मन्त्री हुनेको नाम पठाउन सकेको छैन । अझ सत्ता गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी केन्द्रले जसपामात्र होइन एमालेको माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सामेल गर्न चाहेका थिए । नेपाल भने तत्कालै सरकारमा नजाने भएपछि मन्त्रिपरिषद् विस्तार भएको थिएन । तर अन्तः नेपाल पक्ष पनि नयाँ पार्टी बनाएर सरकारमा सामेल हुने भएको छ ।
सोमबार रातिबाट संसद् अधिवेशन अन्त्य हुने भएको छ । संसद अधिवेशन अन्त्य भएपछि सरकारले दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । उक्त अध्यादेशपछि नेपाल पक्षले नयाँ पार्टी बनाएर जाने अन्तिम तयारी गरेको माधवकुमार नेपाल पक्षका एक नेताले बताए ।
अध्यादेश आएपछि नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ दल बनाउन सहज हुने छ । नेपाल पक्षका सांसदहरुको पद पनि जोगिने र नयाँ दल पनि बन्ने गरी अध्यादेश आउन लागेको स्रोतले बताए । उक्त पक्षको नयाँ दल बनेपछि मात्र मन्त्रीपरिषद विस्तार हुने सत्ता गठबन्धनका एक नेताले बताए ।
प्रतिक्रिया दिनुहोस्: