Bagmati Samachar Logo

केसीलाई गिरिजाले जागिरबाट हटाए हटाए, देउवालेमुख्यमन्त्री बनाए

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

रोल्पा प्रदेश सभा सदस्यमा रोल्पा ‘क’ बाट लुम्बिनी प्रदेश सभा सदस्यमा ८ हजार ५ सय १२ मत पाएर निर्वाचित भएका थिए । विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका थिए । अहिले मुख्यमन्त्री बनेका छन् । लुम्बिनी प्रदेशका दोस्रो मुख्यमन्त्री बनेका छन् । जनयुद्धको तुफानी केन्द्र एवं आधार इलाका रोल्पाको बामपन्थी आन्दोलनको मध्यभागको हाल रोल्पा न.पा. ६ ज्यूबाङमा २०२७ साल माघ १० गतेका दिन बुवा टिकाराम के.सी. र आमा रजमता केसीको कान्छो सुपुत्रका रुपमा जन्मिएका हुन् ।

कुलप्रसाद केसी २०४३ सालमा मसालको विद्यार्थी संगठन अनेरास्ववियू (छैठौ) आवद्ध भई राजीतिक जीवन शुरु गरेका थिए बहुदलिय प्राप्तीको आन्दोलनमा २०४६–४७ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङ जिल्ला विद्यार्थी सचिवको जिम्मेवारी निर्वाह गरे ।

२०४७ सालमै ने.क.पा. (मसाल) को पार्टी सदस्यता प्राप्त गरी औपचारिक रुपमा पार्टीको राजनीतिक जीवन यात्रा शुरु गरेका केसी २०४८ सालमा स्थायी शिक्षक एवं रोल्पा जिल्लामा पार्टी एरिया सेक्रटरी बने ।

२०५० सालमा गिरिजा प्रसाद कोइराला रोल्पा भ्रमणमा आएको बेलामा शिक्षकहरुबाट कालो झण्डा देखाउँदा स्थायी शिक्षकबाट केसी हटाईएका थिए । २०५० सालबाट निरन्तर ग्रामीण वर्ग संघर्षमा होमिदै रोल्पा जिल्लामा किलो सेरा टु, रोमियो अप्रेसन, जंगल सर्च अप्रेसन, कम्बिङ अप्रेसनमा उहाँलाई पनि तत्कालीन सत्ता पक्षकोले खोजी गरी मृत्यु दण्ड दिनेहरुको लिष्टमा थिए।

उनी माओवादी पार्टीको २०५२ सालमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा निर्वाचित भए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनयुद्ध शुरुवातको तयारी गरको थियो । २०५२ साल फागुन १ गते जनयुद्धको उद्घाटन स्वरुप होलेरी आक्रमण मोर्चामा सहभागी भइ निर्णायक भूमिका निर्वाह गरे २०५५ सालमा दाङ सल्यान र प्यूठानको संयुक्त जिल्ला समितिको सेक्रेटरीको जिम्मेवारी पनि कुशलता पूर्वक निर्वाह गरे ।

उनी २०५६ सालदेखि सैन्य मोर्चाको पनि जिम्मेवारी रहे । केसी २०५७ साल रोल्पाको कुरेलीमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । २०६० सालमा भारतमा केन्द्रीय समितिको बैठक जादै गर्दा भारतको विहार राज्यमा गिरफ्तार भए । भारतको विहारमै ३ बर्ष जेल परे । २०६० देखि २०६३ सालमासम्मा जेल जीवनमा रहेर मुक्त भएपछि पनि तत्कालनि नेकपा (माओवादी) को कामीडाँडामा सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पुनः तेस्रो डिभिजन कमिसारको जिम्मेवारी फर्किएका थिए ।

माओवादीले केसीलाई कमिसार हुँदै पुनः भेरी कर्णाली, सेती महाकारीको पश्चिम व्यूरो इन्चार्जको जिम्मेवारी प्रदान गरेको थियो । २०५९ सालमा पार्टी विभाजनमा मोहन बैद्य नेतृत्वको रहेको माओवादी (क्रान्तिकारी) मा केन्द्रीय स्थायी कमिटि सदस्को जिम्मेवारी प्रदान गरेको थियो । तर २०७३ सालमा माओवादी केन्द्रमै केन्द्रीय कार्यालय सदस्य फर्किएका थिए । केसी (माओवादी केन्द्र)को तर्फबाट रोल्पामा निर्वाचित केसी नेकपा (माओवादी केन्द्र) को तर्फबाट लुम्बिनी प्रदेशमा प्रस्तावित मुख्यमन्त्री समेत हुन् । तर नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि लुम्बिनी प्रदेशमा एमालेलाई कोटामा परेपछि दल उप नेता एवं कानून मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

पार्टी एकतामा पार्टीको केन्द्रीय समिति सदस्य पार्टीको हुँदै एमालेसँग पार्टी अलग भएपछि पुन लुम्बिनी प्रदेशको सह इन्चार्जको जिम्मेवारी निर्वाह गरेका उनी हाल पार्टीले गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् केसीको टाउको मोल ५० लाख, ३८ महिना जेल जनताको राज्य सत्ता स्थापना गर्न गरिएको जनयुद्धमा केसी २०५२ सालदेखि पहिलो कारवाही होलेरी देखि नै जोडिए । जनयुद्धमा लागेकै आरोपमा उनको तत्कालीन शेरबहादुर देउवाको सरकारले २०५८ सालमा आतंकारी भन्दै केसी टाउको मूल्य ५० लाख रुपैया तोकिएको थियो । २०६० सालमा पार्टीको केन्द्रीय कमिर्टीको बैठक बस्ने बेलामा भारतमा मोहन बैद्य संग जेल परे ।

पटना जेलमा २०६० जेष्ठ २०देखि २०६३ साल साउनसम्म ३८ महिनाको जेल जीवन विताए । उनी २०६३ सालमा माओवादी जनयुद्ध जनआन्दोलन एवं शान्ति वार्ताको प्रक्रियामा आएपछि रिहाई भएका हुन् । मुख्मख्त्री केसीको माओवादी केन्द्रीको नेतृ घर्तीसँगको जनवादी विवाह जनयुद्धका एक चर्चित नेता कुलप्रसाद केसीले जनयुद्धकै वर्ग संघर्ष देखि निरन्तर तत्कालीन माओवादी जनयुद्धमा सहभागी बन्दै हाल माओवादी केन्द्रका नेतृ परिवर्तन २ राङ्सी रोल्पाकी तारा घर्ती संग २०५२ साल भाद्र २५ गते जनवादी विवाह गर्नुभएको थियो । त्यति बेला पूर्व सभामुख ओनसरी घर्ती र पूर्व उर्जा मन्त्री वर्षमान पुनमगर लगायत ३ जोडीको संयुक्त जनवादी विवाह समपन्न भएको थियो ।