Bagmati Samachar Logo

सर्वोच्च अदालतको फैसला गलत छः ओली

काठमाडौं । प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले २३ फागुन र २८ असारमा भएको सर्वोच्च अदालतको फैसला गलत भएको बताएका छन् ।

उनले सर्वोच्च अदालतको खरो आलोचना गदै फैसला गलत गर्ने उदाहरण रहेको बताए । उनले भने ‘एक बेन्चले हत्यारा हो भन्छ अर्को बेन्चले सफाइ दिन्छ । अनि यो सत्य हो र ?’

उनले आफुलाई सरकारले साझा कार्यक्रममा प्रतिगमन कारी भनेको भन्दै आक्रोस पोखेका छन् । उनले भने ‘अदालतले भन्यो भन्दैमा म प्रतिगमनकारी होइन । अदालतले एक पटक भन्दैमा सत्य हुदैन । अदालतको फैसला मान्छौ । सम्मान गछौ । यस पल्ट अदालतले फैसला विधि ,संविधान विपरित गरेको छ । गलत छ ।’

उनले सर्वोच्च अदालतको फैसलाकोे ब्याख्या हुदै जाला । यी सबै शब्द देशलाई द्धन्द्धतर्फ लैजान हो ।