Bagmati Samachar Logo

हेटौंडा अस्पतालका कोरोना संक्रमित र स्वास्थ्यकर्मीका लागि दैनिक ३० लिटर दुध सहयोग

हेटौंडा । हेटौंडा अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामी, उनीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि आज देखि दैनिक ३० लिटर दुध दिइने भएको छ।

पालुङ बहुउदेस्य सहकारी संस्था लिमीटेडले अस्पतालमा बिरामी, स्वास्थ्यकर्मी र यहाँ खटिने कर्मचारीका लागि ३० लिटर दुध सहयोग गरेको सहकारीका संस्थापक सदस्य प्रताप विष्टले जानकारी दिए।

संक्रमित बिरामी र स्वास्थ्यकर्मीलाई बिहान दुध खानका लागि सहज होस भन्ने उदेस्यले सहयोग गरिएको र दुध एक महिनासम्म उवलब्ध गराउने विष्टले बताए ।
गाईको दुध स्वास्थ्यका लागि लाभदायक भन्ने हामीलाई थाहै छ । दुध सहजरुपमा उपलब्ध पौष्टिक आहार हो ।

हरेक उमेरका मानिसका लागि दुध अत्यधिक लाभकारी हुन्छ । दुधमा प्रोटिन, भिटामिन ए, बि १, बि १२ भिटामिन डी, पोटासियम र म्याग्नेसियम भरपुर हुन्छ ।

माछामासु नखाने व्यक्तिहरुका लागि दुध प्रोटिनको मुख्य स्रोत हो । दुधलाई यसकारण पनि पूर्ण भोजन मानिन्छ कि यसमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट तथा ती सबै भिटामिन र मिनरल्स पाइन्छन् जुन राम्रो स्वास्थ्यका लागि आवश्यक हुन्छ । दुधमा उपलब्ध यति धेरै पोषक र पाचक गुणका कारणले यसलाई आयुर्वेदमा एउटा छुट्टै स्थान दिइएको छ ।