सर्वोच्च अदालतमा सांसदहरूको हस्ताक्षर धमाधम हुँदै, देउवा, प्रचण्ड, नेपालले हस्ताक्षर गरेर बाहिरिए
काठमाडौं । सर्वोच्च अदालतमा सांसदहरूको रिट दर्ताका लागि हस्ताक्षर हुन थालेको छ । अहिले कांग्रेस, माओवादी केन्द्र, एमाले, जसपाका शीर्षस्थ नेताहरुले हस्ताक्षर गरिसकेका छन् ।
हस्ताक्षर गरेर बाहिरीने क्रममा कांग्रेस सांसद गगन थाापाले भने ‘रिट दर्ताका लागि हस्ताक्षर भइरहेको छ । अहिले शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरिसक्नु भएको छ । अन्य सांसदहले दर्ता गर्ने क्रम जारी छ ।’
देउवाको दाबीलाई सदर गरेर प्रधानमन्त्री बनाउन पर्ने भन्दै सांसदहरू रिट लिएर सर्वोच्च पुगेका हुन् । उनीहरूको अदालत प्रशासनले हस्ताक्षर गराएपछि दर्ता प्रक्रिया अगाडि बढाउने छ । १४६ सांसदहरूले संयुक्तरूपमा रिट दायर गर्न लागेका हुन् ।
यस्तै प्रतिनिधि सभाका १४६ जना बहुमत सदस्यहरुको हस्ताक्षरसहित मुद्दा दायर गर्न लागेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले रिटमा संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने, संसद अधिवेशनको मिति तोक्नुपर्ने र संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज हुनुपर्ने माग रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्: