Bagmati Samachar Logo

कोरोना संक्रमितको उपचार गर्न हेटौंडाका दुइ स्थानमा आइसोलेसन

हेटौंडा । मकवानपुर जिल्लाका कोरोना भाइरस संक्रमणमित विमारी उपचार गर्नका लागि हेटौंडाका दुई स्थानमा आजबाट आइसोलेसन सञ्चालनमा ल्याइएको छ । हेटौंडाको गौरीटार र हेटौंडा अस्पतालमा आइसोलेन सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए ।

गौरीटार स्थित आइसोलेस उपमहानगरपालिकाले सञ्चालन गर्ने महतले बताए । गौरीटारमा चाहिने स्वास्थ्यकर्मीको टोलि, आवस्यक सरसफाइ उपमहानगरपालिकाले गर्ने र अरु काम भने हेटौंडा अस्पतालले गर्ने भएको छ ।

हेटौंडा अस्पतालको आइसोलेसन भने अस्पतालले नै हेर्ने भएको छ । अस्पतालमानै हाललाई १० बेड र हेटौडा उपमहानगरपालिकाको नेतृत्वमा गौरिटारमा १५ बेड संचालनमा आएको छ।