Bagmati Samachar Logo

सरकार र विप्लव नेकपासँग भएको तीनबुँदे सहमति मन्त्रिपरिषदद्वारा अनुमोदन

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णयसमेत गरेको एक मन्त्रीले बताए ।

सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

बिहीबार सरकार र विप्लव समूहबीच भएको समझदारीमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख भए अनुसार नै मन्त्रिपरिषद्को बैठकले फुकुवा गर्ने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषदको बैठकले नेकपासँग गरिएको सहमतिअनुसार शुक्रवारदेखि नै काम थाल्ने निर्णय पनि गरेको छ ।