Bagmati Samachar Logo

२४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । २२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार २ सय २० जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६२८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको जनाइएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २० संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ । हालसम्म संक्रमित मध्ये २ लाख २७ हजार ४३३ निको भइसकेका मन्त्रालयले जनाएको छ ।