Bagmati Samachar Logo

दीपक भट्ट र शुलभ अग्रवालसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

मुद्दामा प्रतिवादी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। यस्तै, शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी गरिएको छ।

त्यसैगरी, शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

उक्त मुद्दामा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ।