Bagmati Samachar Logo

सर्वोच्चको आजको इजलासमा छैनन् मल्ल र शर्मा

काठमाडौं । सर्वोच्च अदालतकाो आजको पेशी सूचीमा सपना प्रधान मल्ल इजलाशमा बसिनन् । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा पनि आजको इजलासमा छैनन् ।

शर्मा फुलकोर्टको बैठकमा सहभागी भएर आफ्नो संक्षिप्त भनाइ राख्दै बाहिरिएका थिए । ‘आज मैले गोला तान्न नभ्याउने भएँ’ भन्दै उनी बैठक कक्षबाट निस्किएको स्रोतले बतायो ।

संवैधानिक परिषदको विहीबारको बैठकले बरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा. मनोज कुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।