Bagmati Samachar Logo

किस्ता–किस्तामा अध्यादेश जारी गर्दै राष्ट्रपति, दोस्रोमा खरिद ऐन संशोधन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ६ मध्ये दोस्रो अध्यादेश जारी गरेका छन् । उनले आज सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३ प्रमाणीकरण गरी जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम बिहीबार उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालय जनाएको छ ।

सरकारले विकास निर्माणका काममा देखिएका कानुनी जटिलता फुकाउन र खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउन अध्यादेशको सहारा लिएको हो ।

यसअघि पनि सार्वजनिक खरिद ऐनमा संशोधनका लागि विभिन्न प्रयासहरू भए पनि यो पटक अध्यादेशमार्फत परिमार्जन गरिएको छ । राष्ट्रपति आजै सहकारी सम्वन्धी अध्यादेश पनि जारी गरेका थिए ।