Bagmati Samachar Logo

बालेनलक्षित ओलीको टिप्पणी– बच्चाबच्चीलाई के बन्ने भनेर सोधियो भने प्रधानमन्त्री भन्न सक्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदलाई केटाकेटीको खेल जस्तो बनाइएको बताएका छन् । झापाको दमकमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रधानमन्त्री बन्ने विषय ख्यालख्याल जस्तो बनाए पनि वास्तवमा त्यस्तो नहुने बताएका हुन् ।
उनले भने, ‘बच्चाबच्चीलाई सोध्यो भने प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु भन्दिन सक्छन् । तर बनि त हाल्दैनन् नि । अहिले प्रधानमन्त्रीका क्यान्डिडेट भनिएकाहरूलाई पनि त्यस्तै लाग्यो होला । ख्याल ख्यालजस्तो लाग्यो होला ।’

ओलीले आफू सरकारबाट हटेपछि मुलुक चालकबिनाको गाडीजस्तै बनेको बताए । उनले भने,‘म सरकारमा रहुन्जेल देश ठीक ढंगले चलिरहेको हुन्छ । म हट्नेबित्तिकै देश ड्राइभरबिनाको गाडीजस्तो बन्छ, त्यस्तै बनेको छ ।’

ओली झापा ५ बाट उम्मेदवार छन् । यहाँबाट रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन पनि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । अहिले ओली र बालेनको चर्चा राष्ट्रिय रुपमा भइरहेको छ ।