Bagmati Samachar Logo

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले उनलाई पार्टीमा भित्र्याए ।

०७० र ०७४ को चुनावमा काठमाडौं ७ बाट जितेका रामवीर ७९ मा भने बागी उठेका थिए । केही समय निष्क्रिय भएपछि उनी पुनः एमालेमा सक्रिय थिए ।

मानन्धरले ०७० मा उनी विजयी हुँदा उनको प्रतिस्पर्धी कांग्रेसकी प्रमिला डंगोल, माओवादीकी हिसिला यमी थिए भने ०७४ मा राप्रपाका विक्रम थापालाई पराजित गरेका थिए ।