बहुविवाह मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ
काठमाडौं । बहुविवाह मुद्दामा एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए।
एसएसपी थापाका अनुसार उच्च अदालत ललितपुरको फैसला कार्यान्वयन लागि उनलाई आजै पक्राउ गरिएको हो।
बहुविवाह गरेको कसुरमा शेर्पाविरूद्ध जिल्ला अदालत काठमाडौंले एक वर्ष जेल र पाँच हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।
जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले पनि २०८१ असोज ६ गते सदर गरेको थियो।
यसअघि उनलाई किन कारबाही नगरिएको भन्दै एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो।

प्रतिक्रिया दिनुहोस्: