सर्वोच्चमा प्रतिनिधिसभा विघटन विरद्ध रिट दायर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्बोच्च अदालतमा रिटहरू दर्ताका लागि पेश हुनेक्रम चलेको छ । अदालतमा रिट दर्ता खुलेसँगै विभिन्न व्यक्तिहरू रिट लिएर गएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म पाँचवटा रिट परेका छन् । रिटहरूमाथि अध्ययन भइरहेकाले दर्ता भइनसकेको उनले बताएका छन् ।
वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्नु नगराउनु भन्दै रिट पेस भएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
जेनजी आन्दोलनपछि नयाँ प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेर फागुन २१ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । सबै रिट अध्ययनका क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रतिनिधिसभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरेको एकजना निवेदक युवराज पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्: