‘टीओबी’ टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा टिओबी (तिब्बतियन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएका एक युवकले पेस्तोल बोकेको तस्बिर सार्वजनिक भएको छ ।
केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरू जेनजी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमा व्यापक भइरहेको थियो । यस्ता व्यक्तिहरुले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएका छन् । त्यसमध्ये एकजनाले पेस्तोल नै बोकेको फोटो एक महिना पछि भाइरल भइरहेको छ ।
तस्बिरमा बिजुलीबजार पुलजस्तो देखिने स्थानमा टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: