एसईईको नतिजा साँझ ६ बजे प्रकाशन हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुने भएको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईले आज केहीबेरअघि सम्पन्न बोर्ड बैठकले आजै साँझ ६ बजे नतिजा प्रकाशन गर्ने निर्णय गरेको सुनाए।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए ।
प्रतिक्रिया दिनुहोस्: