ठूला राजमार्गलाई सरकारको प्राथमिकता, यी हुन उल्लेख्य बजेट पाएका सडक

काठमाडौं । सरकारले ठूला राजमार्गको निर्माण तथा विस्तारलाई प्राथमिकता दिएको छ। आर्थिक वर्ष २०८२–०८३ को बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ राजमार्गको डेडिकेटेट डबल लेन विस्तारका लागि बजेट विनियोजन गरेको बताए।
त्यस्तै यात्राको समय लागत र दुरी घटाउने गरी पुष्पलाल राजमार्ग विस्तार गर्न ३ अर्ब ९४ करोड विनियोजन गरेको छ ।
सरकारले हुलाकी राजमार्गलाई ३ अर्ब ५६ करोड विनियोजन गरेको छ । आँबुखैरेनी–पोखरा सडक चार लेन सम्पन्न गर्न ८ अर्ब ५२ करोड विनियोजन गरिएको छ।
आगामी वर्ष ३७ किलोमिटर सडकमा सब बेस चार किलोमिटर सुरुङ र ६० पुल निर्माणका लागि २४ अर्ब ४९ अर्ब विनियोजन गरेको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गमा चार लेन सडक विस्तार गरिने सरकारले बताएको छ। कर्णाली करिडोर सडकका लागि १ अर्ब २७ करोड विनियजन गरेको सरकारले कालिगण्डकी करिडोरका लागि २ अर्ब ३३ करोड विनयोजन गरेको छ।
मदनभण्डारी सडक विस्तारका लागि भने सरकारले २ अर्ब ५१ रुपैयाँ छुट्याएको छ।
गल्छी–रसुवागढी सडकका लागि २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्: