राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं । डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
गभर्नर छनोट सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो। चैत २३ गतेदेखि रिक्त रहेको गभर्नर पदमा सत्तागठबन्धनबीच रस्साकस्सी चलेको थियो । एक महिना भन्दा बढी समयसम्म गभर्नर नियुक्त नभएपछि सरकार ढल्ने चर्चा पनि चलेको थियो ।
प्रधानमन्त्री र कांग्रेस सभापतिबीच पौडेललाई गभर्नर बनाउने सहमति भएको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । राष्ट्र बैङ्कमा डेढ महिनापछि गभर्नर पद रिक्त छ । चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको हो ।
प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबिच पौडेललाई गभर्नरको रूपमा नियुक्त गर्ने सहमति भएको थियो । यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।
यो बिचमा गभर्नरको सम्भावित उम्मेदवारहरूमा एक दर्जन बढीको नाम चर्चामा थियो । तीमध्ये कुनै पनि नाममा सहमति जुट्न नसकेपछि देउवाले सिफारिस समितिमा रहेका पौडेललाई वैकल्पिक उम्मेदवारको रूपमा अघि सारेका थिए ।
प्रतिक्रिया दिनुहोस्: