जनार्दनले मागेकाे युवा र विद्यार्थी हेर्ने जिम्मा नपाउने, संगठन विभाग पाउने

काठमाडौं । नेकपा माओवादी केन्द्र कार्यविभाजन टुङ्गो लाग्ने तयारीमा छ । केन्द्रीय समिति बैठकको म्याण्डेड अनुसार तयार भएको कार्यविभाजन प्रस्ताव सोमबार बसेको पदाधिकारी बैठकले लगभग टुंगो लगाएको छ ।
पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले संगठन विभाग र युवा तथा विद्यार्थी हेर्ने जिम्मेवारी दिन माग गरेका थिए । तर प्रचण्डले यसअघि हेर्दै आएको संगठन विभागकाे जिम्मवारी दिने तयारी गरे पनि युवा विद्यार्थीको जिम्मा जनार्दनलाई नदिने तयारी गरेकाे स्राेतले बताए । जब कि विद्यार्थीमा निर्वाचनबाट भरखर नेतृत्व चयन भएकाे छ । उनी पक्षका बहुमत विद्यार्थीले जितेका छन् । जसमा कारण शर्मालाई संगठन विभागको जिम्मेवारी दिने चतयारी गरेपनि विद्यार्थी हेर्ने जिम्मेवारी नदिने भएका छन् ।
युवा विद्यार्थी हेर्ने जिम्मेवारी अर्का उपमहासचिव शक्ति बस्नेतलाई दिने तयारी गरेका छन् ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि पार्टीमा फर्किएका छन् । पुनलाई आर्थिक तथा कृषि उत्पादन विभागको जिम्मा दिएसँगै उनी राजनीतिमा सक्रिय भएमा छन् ।
अध्यक्ष प्रचण्डको सचिवालयलगायत पार्टी हेडक्वाटरको टिम पनि फेरिएको छ ।
पदाधिकारीका जिम्मेवारी र नेतत्व पनि केही हेरफेर गरेकाे छ । अखिल क्रान्तिकारीको चुनावबाट पार्टीमा गुटबन्दी बढेकाे केहिदिन पहिला उपाध्यक्ष अग्नि सापकोटाले दाबि गरेका थिए ।
तर प्रचण्डले टिम मिलाएर जिम्मेवारी दिदै अघि बढ्ने तयारी गरेका स्राेत बताउछन् ।
अर्का उपमहासचिव वर्षमान पुनलाई अर्थ सम्बद्ध विभाग र संसदीय मामिला हेर्ने प्रस्ताव गरेका छन् ।
२०७८ पुसमा भएको आठौं महाधिवेशनमा शर्मा र पुन महासचिवका आकांक्षी थिए । शर्मा र पुन दुवैले महासचिवमा दाबी गरेपछि दाहालले देव गुरुङलाई महासचिव चयन गरेका थिए । त्यसपछि असन्तुष्ट बनेका शर्माले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको प्रश्न उठाउँदै आएका छन् ।
२०८१ साउनमा शर्माले पार्टीमा आन्तरिक लोकतन्त्रीकरण, पार्टी निर्माण र नेतृत्व हस्तान्तरण, विशेष महाधिवेशन गर्नुपर्ने, कार्यशैली सुधार गर्नुपर्ने लिखित मत स्थायी समितिमा राखेपछि दाहाल र शर्माबीच दूरी बढेको थियो । त्यतिबेला बसेको स्थायी समितिले उनीलगायत अन्य नेताले राखेको मतलाई सबै प्रदेशमा छलफल गरेकाे थियाे । माओवादी केन्द्रले मधेश , बागमती , विशेष र उपत्यका प्रदेशको इञ्चार्ज परिवर्तन गरेको छ । मधेश इञ्चार्जमा मात्रिका यादव र बागमतीमा हितमान शाक्य, विशेषमा जयपुरी घर्ती र उपत्यका विशेषमा उपमहासचिव लिलामणी पाेखेललाई तोकेको छ ।
यसअघि बागमतीको इञ्चार्जमा उपाध्यक्ष सापकोटा थिए । माेशि, गण्डकी ,लुम्बिनी ,कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने नेताहरूको जिम्मेवारी पुरानै कायम राखिएको छ ।
माओवादीको मधेश प्रदेशमा मात्रिका पक्ष र उपमहासचिव गिरिराजमणि पोखरेलबीच विवादका कारण समस्या हुँदै आएको थियो । लामो छलफलपछि यादवलाई मधेश इञ्चार्ज बनाएको एक नेताले बताए ।
उपमहासचिव हरिबोल गजुरेल काेशी , सचिव दीनानाथ शर्मा गण्डकी,सचिव चक्रपाणि खनाल लुम्बिनी, स्थायी समिति सदस्य कालीबहादुर मल्ल कर्णाली, उपमहासचिव गिरिराजमणि पोखरेल सुदूरपश्चिम, स्थायी समिती सदस्य जयपुरी घर्ती विशेष प्रदेश, केन्द्रीय सदस्य लक्ष्मण पन्त सार्क प्रवास,सचिव राम कार्की यूरोप–अमेरिका रकेन्द्रीय सदस्य ओम शर्मालाई एसिया इञ्चार्ज तोकिएको छ ।
माओवादीले नेपालको सबभन्दा होचो स्थान झापाको कचनकेवलबाट तराई मधेश अभियान सुरु गर्ने निर्णय पनि गरेको छ ।
फागुन १२ मा हुलाकी राजमार्ग केन्द्रित राजनीतिक अभियान महाकाली पुगेर टुंगिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्: