प्रभु बैंकका डेपुटी सीईओसहित १० जना पक्राउ

काठमाडौँ । प्रभु बैंकका डेपुटी सीओसहित १० जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभुु बैंकका डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जना पक्राउ गरेको छ ।
बैंकिङ कसुरमा उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको सीआइबीले जानकारी दिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ । कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको बताइएको छ । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा अनुसन्धान हुने जनाइएको छ ।
देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईको डिजाइन र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सीईओ मनोज न्यौपाने, त्यसअघिका सिइओ तुलसीराम गौतम लगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुराएको आरोप छ ।
१३ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंक र १० अर्ब चुक्ता पुँजी रहेको सेञ्चुरी कमर्सियल बैंक मर्ज भएका थिए । १० अर्बको बैंक चुक्ता पूँजी मध्ये झन्डै २ अर्ब रुपैयाँ समस्याग्रस्त देउराली सहकारीसँग सम्बन्धित रवीन्द्र चौलागाई तथा उनको कम्पनीहरूलाई ऋणमा दिइएको थियो ।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुअघि उनले सेञ्चुरीमा ९ महिना कार्यवाहक सीईओको भूमिका निर्वाह गरेका थिए।
दुुई बैंक मर्जरपछि उनी २०७९ पुस २६ मा प्रभु बैंकको वरिष्ठ डेपुटी सीईओ बनेका थिए।
प्रतिक्रिया दिनुहोस्: