Swornakshar Logo

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । शुक्रबार साँझ केसीलाई प्रहरीले भक्तपुरको साँगाबाट पक्राउ गरेको हो ।

चलचित्रमा अभिनयका लागि एडभान्स लिएर काम नगरेको आरोप केसीमाथि लागेको छ । सोही आरोपमा प्रहरीले केसीलाई पक्राउ गरेको हो ।

केसीमाथि रावायण चलचित्रका लागि १० लाख एडभान्स लिएको र काम गर्ने बेलामा सहमति नभएको भन्दै हिँडेपछि केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । चलचित्रका निर्देशक सुदर्शन थापाले केसीले विश्वासघात गरेको प्रतिक्रिया दिए । ‘चलचित्र खेल्छु भनेर पैसा बुझेर तीन महिनासम्म तयारी गरेर फ्लोरमा जाने बेलामा विश्वास घात गर्नुभयो, थापाले भने ।