Swornakshar Logo

यी आठ रंगशालामा हुने छ विश्वकप फूटबल

काठमाडौं । फिफा २०२२ को विश्वकप फूटबल कतार को दोहामा आयोजित हुँदै छ । ६४ खेल आयोजना हुनका लागि दोहामा ७ नयाँ रङ्गशाला बनेका छन् । फिफा विश्वकप आइतबारबाट सुरु हुँदैछ । डिसेम्बर १८ सम्म कतारमा हुने विश्वकप २२ औं संस्करणको हो ।

कतार पहिलो पटक मध्यपूर्वी देशमा फिफा विश्वकपको आयोजना गर्ने देशमा पर्दछ । एसियामा विश्वकप आयोजना हुनेमा कतार दोस्रो पटकमा यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापान ले संयुक्त रूपमा विश्वकपको आयोजना गरेका थिए । फिफा विश्वकप २०२२ मा हुने ६४ खेलमा ३२ टोली सहभागी छन् र कतारका विभिन्न पाँच सहरमा फैलिएका कुल आठ रंगशालामा हुने भएको छ ।

कतारका लागि तोकिएको रंगशालाका स्थानहरू लुसेलको लुसेल आइकोनिक रङ्गशाला, अल खोरको अल बायत रङ्गशाला, अल वाक्राहको अल जनुब रङ्गशाला, अहमद बिन अली रङ्गशाला, खलिफा इन्टरनेशनल रंगलासला र एजुकेशन सिटी रङ्गशाला रेयान र स्टेडियम ९७४, दोहाको अल थुमामा रङ्गशाला रहेको छ । यी सबै रंगशालाहरु दोहाको ५५ किलोमीटरको आसपासमा पर्दछन् ।

अल बायद रङ्गशाला

दर्शक क्षमता ६०,०००

 

विश्वकप २०२२ को उद्घाटन खेलको अल बायत स्टेडियममा हुनेछ ।

अल खोर सिटी दोहाबाट ३५ किलोमिटर पर रहेको छ यो रङ्गशाला ।

संरचनाले अत्याधुनिक फुटबल स्टेडियमलाई छोपेको छ । कालो र सेतो पट्टीहरूले परम्परागत रूपमा यो रंगशालालाई सजाइएको छ ।

६० हजार दर्शक क्षमता यो रंगशालामा छ ।

यो रंगशालको निर्माण सन् २०१५ बाट सुरु भएको थियो । यो रंगशालालाई दार अल–हन्डसाहले डिजाइन गरेका थिए ।

स्टेडियम ९७४

दर्शक क्षमता स:  ४० हजार

 

यो स्टेडियममा विभिन्न ७ खेलहरू हुनेछन् । सेन्ट्रल दोहाबाट १० किलोमिटर पूर्व रहेको रंगशालामा पहिलो खेल २२ नोभेम्बर मेक्सिकोविरुद्ध पोल्यान्डले खेल्नेछ ।

यो रंगशालमा समूह चरणका अन्य पाँच खेल र ५ डिसेम्बर अन्तिम–१६ समूह ‘जी’को विजेताविरुद्ध समूह ‘एच’को उपविजेताले खेल्नेछ ।

यो रङ्गशाला विश्वकप पछि अन्य स्थानमा सार्न मिल्ने गरेर बनाइएको छ ।

लुसेल रङ्गशाला

क्षमता : ८० हजार

 

लुसेल स्टेडियममा फिफा विश्वकप कतार २०२२ को फाइनल खेल आयोजना हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियम सेन्ट्रल दोहाबाट २० किलोमिटर उत्तरमा पर्दछ ।

यो स्टेडियमको डिजाइनर फोस्टर र पार्टनर्सले गरेका हुन् । यसको डिजाइन सभ्यताको उदयको समयमा अरब र इस्लामिक फेला परेका हस्तशिल्प कचौराहरूबाट बनेको छ ।

अहमेद बिन अलि रङ्गशाला

क्षमता : ४० हजार

 

यो अहमेद बिन अलि रङ्गशाला स्थानीय संस्कृति र परम्पराका पक्षहरूलाई झल्कने गरेर निर्माण गरिएको छ ।

सन् २०१५ बाट बनाउन सुरु गरेको यो रंगशालामा ४० हजार दर्शक अटाउँछन् ।

यस रंगशालमा मरुभूमिको सौन्दर्य, देशी वनस्पति, जीवजन्तु स्थानीय र अन्तर्राष्ट्रिय व्यापारलाई प्रतिबिम्बित गर्दछ । बहुउद्देश्यीय रङ्गशाला कतारको अल रेयानको ऐतिहासिक सहर उम्म अल अफाइइनमा अवस्थित छ ।

यो रङ्गशाला सेन्ट्रल दोहाबाट २० किलोमिटर पश्चिममा पर्दछ । यसको डिजाइनर रमबोल रंगशाला र वरपरका हुन् ।

अल जानौब रङ्गशाला

क्षमता : ४० हजार

 

सेन्ट्रल दोहाबाट २२ किलोमिटर दक्षिणमा पर्ने अल जनुब स्टेडियम अल वाक्राह, कतारको दक्षिणी सहर र देशको सबैभन्दा पुरानो बस्ती मध्य पर्ने क्षत्रमा छ ।

स्टेडियमको डिजाइन कतारको परम्परागत ढो डुङ्गाको हावाले पालजस्तै बनाएको छ । यो स्टेडियम एसियाली क्षेत्रहरूका ठुला प्रतियोगिता गर्ने उद्देश्यले बनाइएको हो ।

यो स्टेडियम फुटबल बाहेक, स्थानीय खेलकुद र मनोरञ्जन सुविधाहरूको साथ रमणीय पार्कल्याण्डले घेरिएर बनाइएको छ ।

अल थमामा रङ्गशाला

क्षमता : ४० हजार

 

अल थुमामा स्टेडियमको आकारले स्थानीय संस्कृति र परम्परालाई झल्काएको छ । यसको बोल्ड, गोलाकार आकार गहफियाको सम्झना दिलाउँछ । एक परम्परागत बुनेको टोपी जुन अरबमा पुरुष र केटाहरूले लगाउने गर्दछन् ।

स्टेडियम कतारको अल थुमानाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ । स्टेडियमको डिजाइन अरब इन्जिनियरिङ ब्युरोका प्रमुख आर्किटेक्ट इब्राहिम जैदाहले गरेका थिए ।

कतारको अल जाबेर इन्जिनियरिङ र टर्कीको टेकफेन कन्स्ट्रक्सनले २०२१ मा निर्माण गरेको थियो ।

विश्वकपपछि स्टेडियमको आधा सिट हटाएर अन्य देशलाई दिने योजना कतारले गरेको छ ।

एजुकेशन सिटी स्टेडियम

क्षमता : ४० हजार

 

एजुकेशन सिटी स्टेडियम कतार फाउन्डेसनको एजुकेशन सिटी अल रेयान, कतारमा छ ।

अल रायन, सेन्ट्रल दोहाबाट ७ किलोमिटर उत्तर पश्चिममा पर्ने रंगशालाको डिजाइन फेनविक इरिबेरेन आर्किटेकले बनाएका हुन् ।

४० हजार दर्शक क्षमता भएको स्टेडियमको अत्याधुनिक डिजाइन परम्परागत इस्लामिक वास्तुकलासँग मिसिएको छ । बाहिरी भागमा त्रिकोणहरू हीरा–जस्तो ज्यामितीय ढाँचाहरूमा बनाएको छ ।

खलिफा इन्टरनेशनल स्टेडियम

क्षमता : ४०,०००

 

बहुउद्देश्यीय रङ्गशाला दोहा, कतारमा अवस्थित छ । खलिफा इन्टरनेशनल स्टेडियम, जसलाई १९९७ मा वास्तुकार दार अल–हन्डसाहद्वारा निर्माण गरिएको राष्ट्रिय रङ्गशाला पनि भनिन्छ ।

यो रंगशालालाई सन् २००५–०६ मा भएको एसियाली खेलकुदका लागि पुन निर्माण गरिएको थियो ।

यसमा एसियाली कप जस्ता खेलहरू पनि खेलाइएको थियो ।