Swornakshar Logo

‘प्रेमगीत ३’ को हिन्दी भर्सन गीत ‘तुम प्यार हो’

हेटौंडा । ‘प्रेमगीत ३’ असोज ७ बाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिट भने प्रचारप्रसारमा जुटिरहेको छ ।

यस्तैमा फिल्मको नयाँ गीत सार्वजनिक भएको छ । हिन्दी तथा नेपाली दुई भाषामै गीत आएका हुन् । नेपाली सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘हर युग होस्’ बोलको गीत छ । जसमा राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।

यसै गितको हिन्दी संस्करणमा ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र क्रिस्टिना गुरुङको अभिनय छ । मनाङमा छायांकन गरिएको गीतका दुश्य मन लोभ्याउन खालका छन् ।

फिल्म नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको हो । सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।