Bagmati Samachar Logo

जनगायक तथा माओवादी केन्द्रका सल्लाहकार जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक जेबी टुहुरेको ७८ बर्षको उमेरमा निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

मंगलबारदेखि उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको थियो । कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोगी थिए टुहरे ।
जनसांस्कृतिक महासंघका नेपालका संरक्षक, संबिधानसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार पनि थिए । टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।